मेयर बालेनले गरे जेनजी अगुवाहरूसँग सहकार्यका लागि आग्रह
काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू पार्टी राजनीतिमा आएको बताउँदै जेनजी अगुवाहरूसँग सहकार्य गर्न आग्रह गरेका छन्। यस क्रममा बिहीबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भएको छलफलमा उनले जेनजी अगुवाहरूसँग राजनीतिक सहकार्य र एकता चाहेको बताएका हुन्।
जेनजी अगुवा युजनराज भण्डारीका अनुसार मेयर शाहले सबै जेनजीहरू एकजुट भएर आउन पनि आग्रह गरेका छन् र भनेका छन्, “म पार्टी राजनीतिमा आएँ। अब सहकार्य गरौं। सबै जेनजी एक भएर आउनुस्।”
मेयर शाहले निरन्तर राजनीतिक संवाद पनि चलाइरहेका छन्। आजै मात्र उनले रास्वपा सभापति रवि लामिछाने लगायत अन्य दलका नेता तथा निवर्तमान सांसदसँग पनि छलफल गरेका छन्, र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई समेत बालेनलाई भेट्न पुगेका छन्।