संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ
सर्वोच्च अदालतले नेपाली कांग्रेसका ५७ सांसदले संसद् विघटन र प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दिएका पूरक निवेदनको सुनुवाइ सकाएको छ। अब आदेशको प्रतिक्षा बाँकी छ।
यसअघि कांग्रेस, जनता समाजवादी पार्टी, जनमत पार्टी र स्वतन्त्र सांसदहरूले संविधानअनुसार संसद् फर्काउन माग गर्दै रिट दिएका थिए। उनीहरूका अनुसार राष्ट्रपति पौडेलद्वारा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनु असंवैधानिक थियो।
राष्ट्रपतिले भदौ २७ गते कार्कीलाई प्रधानमन्त्री बनाएका र उनले संसद् विघटनको सिफारिस गरेकी थिइन्। प्रतिनिधिसभा विघटनपछि निर्वाचन आयोग फागुन २१ मा चुनावको तयारी गर्दैछ।