ओलीसँग भिड्न ईश्वर पोखरेलद्वारा उम्मेदवारी दर्ता
नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
पोखरेलले केहीबेर अघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन कार्यतालिका अनुसार मतदान भोलि हुँदैछ। भावी अध्यक्षका लागि पोखरेल र वर्तमान अध्यक्षमा केपी शर्मा ओलीबीच प्रतिस्पर्धा हुँदैछ। ओली र पाेखरेल दुबैजना प्याननलै बनाएर चुनावी मैदानमा उत्रिएका छन्।