बैंककबाट आएका भारतीय नागरिक साढे १२ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ किलो ७ सय ५० ग्रामसहित अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३१ वर्षीय भारतीय नागरिक नियाज रहेका छन् । थाइल्याण्डबाट आएका उनलाई विमानस्थलको आगमन एरियाबाट सोमबार राति पक्राउ गरेको हो ।
नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई विमानस्थाल सुरक्षा कार्यालय र भन्सार कार्यालय समेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।