उपरथी प्रकाशराज थापालाई दर्ज्यानी चिह्न प्रदान
नेपाली सेनाको सहायकरथीबाट उपरथीमा बढुवा भएका प्रकाशराज थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मंगलबार प्रधान सेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा थापालाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
मन्त्रिपरिषद्को पुस ३ मा बसेको बैठकले थापालाई उपरथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।प्रधान सेनापति सिग्देलले सहायकरथीमा बढुवा भएका दुई जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका छन् । कार्यक्रममा बलाध्यक्ष रथी, रथीवृन्द र अन्य सैन्य अधिकृतहरू उपस्थित थिए ।