जेन जी आन्दोलनमा घाइते चार पत्रकारलाई नगद र सम्मान पत्र प्रदान
काठमाडौं, १९ माघ – भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा घाइते भएका चार पत्रकारलाई सरकारले आज नगद र सम्मान पत्र प्रदान गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जगदीश खरेलले पत्रकारहरूलाई सम्मान गरेका हुन्।
आन्दोलनमा घाइते पत्रकार शम्भु दंगाललाई १ लाख रुपैयाँ नगद र सम्मान पत्र प्रदान गरिएको छ। यस्तै, पत्रकार श्याम श्रेष्ठ, दीपेन्द्र ढुंगाना र उमेश कर्किलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।
मन्त्रालयले पत्रकारहरूको सुरक्षा र सम्मानमा संवेदनशीलता देखाउँदै यस प्रकारको पहल गरेको जनाएको छ।