लगातार बढेको सुनचाँदीको मूल्य आज घट्यो
काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा लगातार उकालो लागेको सुनचाँदीको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज दुवै धातुको मूल्यमा गिरावट आएको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ४७० रुपैयाँ तोकिएको छ।
यसअघि मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार ५९० रुपैयाँमा कारोबार भएको थियो।
महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा उतारचढाव भइरहेको छ।