श्रीलङ्का बाढी–पहिरो पीडितका लागि नेपाल सरकारद्वारा दुई लाख डलर सहायता
काठमाडौँ । श्रीलङ्कामा हालै आएको बाढी र पहिरोबाट व्यापक धनजनको क्षति भएको सन्दर्भमा नेपाल सरकारले दुई लाख अमेरिकी डलर सहायता गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले नेपाल सरकारको तर्फबाट श्रीलङ्का सरकारलाई मानवीय सहयोगस्वरूप उक्त रकम उपलब्ध गराइने जानकारी दिए।
त्यसैगरी, सरकारले विश्वविद्यालय अनुदान आयोग (यूजिए) को सचिवमा प्राध्यापक ज्ञान बहादुर थापालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।