फिनाम कुवापानी काठमाण्डौं समाजको संयोजनमा गोर्खा फिनाममाबृहत निशुल्क स्वास्थ शिविर सम्पन्न
Lions Clubs International, District 325 F, Nepal अन्तर्गतको Lions Club of Kathmandu Indra Annapurna Yoga को आयोजनामा ॐ समाज डेन्टल अस्पताल नैकाप र फ्रन्टलाईन अस्पताल प्रालि बानेश्वरको प्राविधिक सहायतामा गोर्खा जिल्लाको गोर्खा नगरपालिका वडा नं ४ फिनाम स्थित श्री सरस्वती माध्यामिक विद्यालयमा समुदायका बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई लक्षित गरी यँही मिति २०८२ साल पौष १२ गते विहान ८ बजे देखि दिउँसो २ बजे सम्म वृहत निःशुल्क स्वास्थ्य शिविर लायन्स क्लवका अध्यक्ष लायन उदय प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न गरेको छ।उक्त शिविरको शुभारम्भकार्यक्रमको प्रमुख आतिथ्यताको ग्रहण जिल्ला समन्वय समितिको अध्यक्ष श्री मोहन बहादुर थापाज्यूले गर्नुभएको थियो भने कार्यक्रम समापन समारोहमागोर्खा नगरपालिका वडा नं ४ फिनामका वडाअध्यक्ष श्री लाल प्रसाद भट्टराईज्यूको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो ।त्यसैगरी कार्यक्रमका क्रममा स्थानीय महिला समूहले बाजागाजासहित भव्य स्वागत तथा सम्मान गर्दै आयोजक संस्था, चिकित्सक टोली तथा अतिथिहरूलाई सम्मान प्रकट गरेका थिए।
समुदायको स्वास्थ्य सुधार, रोगको प्रारम्भिक पहिचान तथा जनचेतना वृद्धिमा मद्दत पुगोस भन्ने हेतुले दन्त तथा आँखा सम्वन्धी, सुगर प्रेसर चेकजांच परार्मश, हाडजोर्नी स्त्रीरोग सम्वन्धी चेक जाँच उपचार तथा परामर्श विशेषज्ञ चिकित्सकहरुबाट प्रदान गरिएको थियो ।उक्त शिविरमा उत्साहजनक सहभागिता रहेको थियो ३६४ जनाले रजिष्ट्रेशन गरी सेवा लिएका थिए ।उक्त समापन कार्यक्रम मन्तवय राख्नु हुँदै स्त्री रोग विशेषज्ञ डाक्टर सुनिता राणाले परिक्षणको क्रममा सदरमुकाम नजिकै रहेरे पनि आङ खस्ने महिलाहरुको संख्या धेरै देखिएको ,जनचेतनाको कमिका कारण आफ्नो घरपरिवार र अस्पतालमा समस्या बताउन सकिरहनु भएको छैन ।सचेतनाका कार्यक्रमहरु संचालन आवश्यक रहेको औल्याउनु भएको थियो ।
कार्यक्रममा बोल्दै काठमाडौंफिनाम सेवा समाजका अध्यक्ष मदन खड्काले हाम्रो गाउँमा आएर बुढाबुढी आमाबुवाको स्वास्थ्य परीक्षणका लागि यस्तो सराहनीय कार्य गरिएकोमा लायन्स क्लब अफ इन्द्र अन्नपूर्णका सचिव कृष्ण जंग थापालाई विशेष धन्यवाद व्यक्त गर्नुभयो।
यस्तै कार्यक्रममा एशियन सेक्युरिटिज प्रा. लि. का संचालक राजकुमार खत्रीले “साँचोसेवाभनेकोगाउँगाउँमापुगेरगरिनेसेवाहो।सवैको सहकार्य र योगदानले मात्र यस्ता पवित्र कार्य गर्न सकिने बताउदै लायन्स क्लब अफ काठमाण्डौं इन्द्र अन्नपूर्ण योगा प्रति आभार व्यक्त गर्नुभयो।
समापन समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष श्री लाल प्रसाद भट्टराईज्यूले सेवा ने धर्म हो भन्ने पवित्र उदेश्य राखेर काठमाण्डौं देखि आएर स्वास्थ क्षेत्रमा दिनु भएको योगदान प्रति लायन्स क्लव इन्द्र अन्नपुर्ण योगा, मेडिकल टिम,प्रत्यक्ष अप्रत्यक्ष सहयोग सहकार्य प्रयोजक सवै प्रति धन्यवाद व्यक्त गर्दै यस्त कार्यक्रम फेरी संचालन गर्नुहुनेछ भन्ने अपेक्षा सहित आभार व्यक्त गर्नु भयो ।
कार्यक्रमका अध्यक्षता ग्रहण गरिरहनु भएका लायन बर्ष २०२५।२६ प्रेसिडेन्ट उदय प्रसाद भण्डारीज्यूले सेवा गर्ने अवसर प्रदान गरिदिनु भएको प्रति आभार व्यक्त गर्दै आगमी दिनमा यस्तै सेवाका कामहरु लिएर जोडिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।यस प्रवित्र कार्यक्रमको संचालनका लागि सहयोग गर्नुहुने सवै सहयोगी व्यक्ति तथा संस्थाहरु प्रति उच्चसम्मान व्यक्त हार्दिक आभार प्रकट गर्नुभयो ।
कार्यक्रमको संयोजन गोर्खा नगरपालिका वडा नं ४ र फिनाम कुवापनी काठमाण्डौं समाजको तर्फवाट गरिएको थियो भनेश्री शिव पार्वती टोल विकास संस्था, श्री भुपु विद्यार्थी समाज, श्री फिनाम स्वास्थ चौकी,श्री सरस्वती माध्यामिक विद्यालय ,श्री भुपु प्रहरी कृषक समूह, श्री राधाकृष्ण महिला समूह एसियन सेक्यूरिटिज प्राली मार्फतसहकार्य तथा सहजीकरण गरिएको थियो ।उक्त कार्यक्रमासमाजमा पुर्याउनु भएको अतुलनिय योगदान प्रति सम्मान व्यक्त गर्दै वडाअध्यक्षज्यू मार्फत प्रशांसको प्रमाणपत्र ,एसिएन सेक्यूरिटिज प्रा लीका संचालक श्री राजकुमार खत्रीज्यूले मायाको चिनो र क्लवको तर्फबाट अध्यक्षज्यूले रुद्रक्षाको माला लगाई सम्मान व्यक्त गर्नुभएको थियो ।