राष्ट्रपति पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्ट अनावरण गरे
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्ट अनावरण गरेका छन्।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा उनले नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण पनि गरेका थिए।
१३ औं किन्डर ओलम्पिक पुस १२ गतेदेखि १५ गतेसम्म दशरथ रंगशालामा आयोजना हुँदैछ। नेपाल विद्यालय खेलकुद महासंघका अनुसार यस ओलम्पिकमा विभिन्न १२ खेलमा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन्।