भृकुटीमण्डपमा कार्यक्रम गर्न एमालेलाई आजसम्मको मात्रै अनुमति
नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ । यसअनुसार एमालेले आज मतदान प्रक्रिया सक्नैपर्ने हुन्छ । भोलि (बुधबार)देखि भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति प्राप्त नभएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
त्यस्तै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले पनि आजसम्मका लागि कार्यक्रम स्थल भाडामा रहेको बताए । उनले भने, ‘आजसम्मका लागि कार्यक्रम स्थल भाडामा लिएका हौँ । आजै रातभरमा निर्वाचनका कार्यक्रमहरू सक्छौं ।’