बझाङमा प्रत्यक्षतर्फ राप्रपाबाट ५ जना सिफारिस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्य समिति बझाङले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ।
सिफारिस सूचीमा निवर्तमान जिल्ला अध्यक्ष विश्वप्रकाश जेठारा, जिल्ला उपाध्यक्ष जगतबहादुर सिंह, क्षेत्रीय सभापति करणबहादुर खड्का, जिल्ला सचिव सन्तोष बहादुर सिंह, जनक बहादुर ओली तथा जिल्ला सदस्य रामकुमार श्रेष्ठ रहेका छन् ।
यस्तै, प्रतिनिधिसभाको समानुपातिक तर्फ १४ जनाको नाम सिफारिस गरिएको जिल्ला कार्य समिति बझाङका अध्यक्ष वीरेन्द्र बहादुर मल्लले जानकारी दिए ।