रामअशिष यादवलाई मधेश प्रदेशको सभामुख बनाउने सहमति
सात दलीय गठबन्धनमा मधेश प्रदेशको सभामुख रामअशिष यादवलाई बनाउने सहमति भएको छ। आज बिहान बसेको गठबन्धनको बैठकले यादवलाई सभामुख बनाउने सहमति भएको जसपा नेपालका संसदीय दलका नेता सरोज यादवले बताए।
यादव उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सांसद हुन्। रिक्त सभामुख पदका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका छ।