खानेपानी मन्त्रालयको जिम्मेवारी श्रममन्त्री भण्डारीलाई
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीलाई तोकेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उक्त जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। भदौ २७ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्मा खानेपानी मन्त्रालयको कार्यभार यसअघि प्रधानमन्त्री कार्कीले नै सम्हाल्दै आएकी थिइन्।
अब उक्त मन्त्रालयको कार्यभारसमेत श्रममन्त्री भण्डारीले सम्हाल्ने भएका छन्।