प्रतिकूल मौसमका कारण नेपालका आधा दर्जन विमानस्थल बन्द
काठमाडौं, ४ पुस– काठमाडौं लगायतका विभिन्न क्षेत्रमा प्रतिकूल मौसमका कारण आज शुक्रबार आधा दर्जन विमानस्थल बन्द रहेका छन्।
बुद्ध एयरका अनुसार जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज बिहानदेखि नै उडान सञ्चालन गर्न सकिएको छैन।
यसै क्रममा, प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भैरहवामा लैजाने तयारी गरेको थियो। तर, प्रतिकूल मौसमका कारण भैरहवामा जहाज उडान गर्न नसक्दा उनी भरतपुर विमानस्थलतर्फ पठाइएको छ।
विमानस्थल बन्दले यात्रुहरूमा असुविधा उत्पन्न भएको छ भने मौसम सुधार नहुँदासम्म उडानहरू प्रभावित हुने अपेक्षा गरिएको छ।