कागजी प्रक्रिया पूरा गर्न अदालत पुगे रवि लामिछाने
गौतमबुद्ध विमानस्थल हुस्सुका कारणले बन्द भएपछि चितवन हुँदै सडक मार्गबाट रुपन्देही पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने कागजी प्रक्रिया पूरा गर्नका लागि जिल्ला अदालत पुगेका छन् ।
उनलाई उच्च अदालत बुटवलले धरौटीमा छाड्ने आदेश दिएपछि अहिले जिल्ला अदालत रुपन्देहीमा कागजी प्रक्रिया पूरा गरिरहेका छन् ।
लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैङ्क जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो ।