समानुपातिक उम्मेदवारका लागि रामेछापबाट एमालेका ६ जना सिफारिस
नेकपा एमाले रामेछाप जिल्ला कमिटीले प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फ ६ जनाको नाम वागमती प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
केन्द्रको निर्देशन बमोजिम २ महिलासहित ६ जनाको नाम सिफारिस भएको हो । एमाले नेताहरुका अनुसार समानुपातिक उम्मेदवारका लागि पूराना नेता राजकुमार श्रेष्ठ, पूर्व सांसद कमलप्रकाश सुनुवार, केन्द्रीय सदस्य गीता कार्की, प्रदेश कमिटी सदस्य प्रेम तामाङ, केशर बुढाथोकी र हेमकुमारी तामाङको नाम सिफारिस भएको छ ।