जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चबाट खारेज, कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ ।
अधिवक्ता विपिन ढकालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलसहितको पूर्ण इजलासले शुक्रबार उक्त रिट खारेज हुने फैसला गरेको हो ।
यसअघि न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले लिखित जबाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो । पूर्ण इजलासले आयोगका सम्बन्धमा केही निर्देशनात्मक आदेश पनि जारी गरेको छ ।