रञ्जिता श्रेष्ठले बोलाइन् केन्द्रीय समिति बैठक
काठमाडौँ, ४ पुस – नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि उम्मेदवार चयन र मापदण्ड निर्धारणका लागि केन्द्रीय समिति बैठक बोलाएकी छन्।
अध्यक्ष श्रेष्ठका अनुसार, चुनावमा पार्टीले भाग लिन लागेकोले उम्मेदवार चयनलगायतका विषयमा बैठकले निर्णय गर्नेछ।
यो बैठक पार्टीबाट रेशम चौधरी अलग भएपछि पहिलो केन्द्रीय समिति बैठक पनि हो। रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरिसकेका छन्।
नागरिक उन्मुक्ति पार्टी नेपालले पनि आगामी निर्वाचनमा भाग लिन निर्णय गरेको छ। यसले राष्ट्रिय मुक्ति पार्टी र जनता समाजवादी पार्टीसँग तालमेल गर्दै एउटै चिन्हमा चुनावी प्रतिस्पर्धा गर्ने सहमति गरेको छ।