टेकुमा गाडी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौं महानगरपालिका–१२ टेकुस्थित सडकमा ईभी गाडी र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
बाग्मती प्रदेश ०१–००१ य १७४३ नम्बरको ईभी गाडी र बा.९१ प ७५६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर मंगलबार बिहान दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका–२ घर भएका ३० वर्षीय दिपक बजगाईंको मृत्यु भएको प्रहरीले बताएको छ ।
गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ईभी चालकलाई नियन्त्रणमा लिएको छ ।