पाल्पामा घर भत्काउँदा च्यापिएर एक जनाको मृत्यु
पाल्पामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–५ का ६३ वर्षीय टुकबहादुर सोमै रहेको प्रहरीले जनाएको छ ।
बिहीबार गल्धास्थित बेलडाँडा बजारमा भीमबहादुर शाहीको घर भत्काउने क्रममा च्यापिएर सोमैको निधन भएको प्रहरीले जनाएको छ ।
नयाँ घर निर्माणका लागि पुरानो घर भत्काउने क्रममा दोस्रो तलाको टप खस्दा च्यापिएर घाइते भएका सोमैको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ
।