देशभर लागूऔषधसहित १५ जना पक्राउ
काठमाडौं, कार्तिक २१ – देशका विभिन्न स्थानमा बिहीबार प्रहरीले गरेको अभियानमा १५ जना व्यक्ति विभिन्न प्रकारका अवैध लागूऔषधसहित पक्राउ परेका छन्।
झापामा ब्राउनसुगर, हेरोइन र ट्रामाडोलसहित पाँच जना, मोरङमा ११ ग्राम हेरोइनसहित दुई जना, तनहुँमा करिब २ किलो गाँजासहित चार जना, सर्लाहीमा ११ किलोभन्दा बढी गाँजासहित दुई जना, चितवनमा प्रोमेथिन र ट्रामाडोलसहित दुई युवती र मकवानपुरमा हेरोइनसहित एक जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका सबैलाई लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको छ।