दाङकी तारा खनाल: मिसेस नेपाल २०२५ की चम्किलो आशा
समाजसेवा, महिला सशक्तिकरण र नेतृत्व क्षमताको उत्कृष्ट उदाहरणका रूपमा परिचित तारा खनाल हाल Ribbon Entertainment द्वारा आयोजित Mrs. Nepal World 2025 की Contestant No. 10 का रूपमा बलियो दाबेदारका रूपमा उदाएकी छन्।
दाङकी खनाल विगत केही वर्षदेखि विपन्न, गरिब र पछिल्लो वर्गका समुदायका लागि शिक्षा, स्वावलम्बन, स्वास्थ्य र महिला अधिकारका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी छन्। सामाजिक अभियान र सेवा भावनाका माध्यमबाट उनले स्थानीय स्तरदेखि राष्ट्रिय मञ्चसम्म आफ्नो सशक्त उपस्थितिको छाप छोडेकी छन्।
“समाज परिवर्तन शब्दमा होइन, कर्ममा देखिने शक्ति हो,” भन्ने उनका शब्दले उनको प्रतिबद्धता झल्काउँछ। आत्मविश्वास, नेतृत्व क्षमता र सेवाभावले समृद्ध तारा खनाल Mrs. Nepal World 2025 को प्रतिस्पर्धामा अन्य सहभागीबीच प्रेरणादायी र प्रभावशाली पात्रका रूपमा देखिएकी छन्।
दर्शक, समर्थक र शुभेच्छुहरूले उनलाई ‘दाङको गौरव’ भन्दै राष्ट्रिय उपाधिको शुभकामना दिइरहेका छन्। स्थानीय संघ–संस्थादेखि समुदायका विभिन्न तहका व्यक्तिहरूले उनको यात्रामा साथ र समर्थन व्यक्त गर्दै, Contestant No. 10 तारा खनालले यसपटक मिसेस नेपालको मुकुट घरमै ल्याउने विश्वास व्यक्त गरेका छन्।
