जाजरकोटको नलगाडमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका– १, चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । विकको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।