कक्षा १२ पूरक परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक हुँदै
काठमाडौं, २३ कात्तिक — राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज (शनिबार) दिउँसो सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्ड स्रोतका अनुसार नतिजा दिउँसो ४ बजेपछि प्रकाशित गर्ने तयारी छ।
बोर्डका एक स्रोतले जानकारी दिँदै भने, “टेक्निकल समस्या नभए आजै नतिजा प्रकाशित हुन्छ।”
कक्षा १२ को पूरक परीक्षा गत असोज ७ र ८ गते देशभर सञ्चालन गरिएको थियो। यसअघि, गत ११ साउनमा प्रकाशित नियमित नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए।
नतिजा बोर्डको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने अपेक्षा गरिएको छ।