प्रचण्ड : दश वाम घटकबीचको एकता नेपाली कम्युनिस्ट इतिहासको अविस्मरणीय दिन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नवनियुक्त संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दश वाम घटकबीच भएको एकतालाई नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमै अविस्मरणीय दिन भएको बताएका छन्।
बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा बोल्दै उनले यो एकता केवल संगठनगत नभई देशका समस्या समाधान गर्ने ऐतिहासिक कदम भएको जिकिर गरे।
‘सबै घटकमा एउटै विचार देखेँ, नयाँ शक्ति निर्माण भयो,’ प्रचण्डले भने, ‘दश वाम घटकबीचको यो एकता अब कसैले मेटाएर मेट्न सक्दैन। यो एकता देशको संकट समाधानका लागि बनेको हो।’
डिजिटल प्लेटफर्ममार्फत जेनजी पुस्ताले उठाएको आन्दोलनप्रति समर्थन जनाउँदै प्रचण्डले उनीहरूको भावनालाई आत्मसात् गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।