एमआरपी नराखी बिक्री गर्ने कस्मेटिक पसललाई दुई लाख जरिवाना
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी नराखी बिक्री गर्ने कस्मेटिक पसललाई २ लाख १ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
सोमबार विभागको बजार अनुगमन टोलीले कमलपोखरीको श्रीसालासर डिस्ट्रिब्यूटर्स प्रालिले एमआरपी नराखी बडीस्प्रे बिक्री गरेको भेटाएपछि उक्त जरिवाना गरिएको विभागले जनाएको छ ।
यस्तै मूल्य सूची तथा दर्ता प्रमाणपत्र नराख्ने कलंकीको विकास ट्रेड प्रालिलाई २० हजार रुपैयाँ र नेपाल थोपा सिँचाई प्रालिलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागले आज १६ वटा फर्मको अनुगमन गरेकामा अन्य १३ वटा फर्मलाई सामान्य निर्देशन दिएको छ ।