कर्णालीले दियो चितवनलाई १६७ रनको लक्ष्य
नेपाल प्रीमियर लिग (एनपीएल) सिजन२ को दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनायो ।
कर्णालीका ओपनर प्रियांक पन्चालले सर्वाधिक ९० रन बनाए । ४८ बलमा प्रियांकले ७ चौका र ६ छक्का प्रहार गरे। म्याक्स ओुडाउडले २० र मार्क वाट १६ रनमा आउट भए । पवन सरार्फ २७ र नजिबुल्लाह जद्रान ४ रनमा अविजित रहे । बलिङमा चितवनका शोहिल तन्विर, रवि बोपारा र सैफ जैबले एकएक विकेट लिए ।