धवलागिरिबाट प्रसूति व्यथा भएकी महिला हेलिकप्टरबाट उद्धार
धवलागिरि — धवलागिरि गाउँपालिका–६ मराङकी प्रसूति व्यथा लागेकी विष्णुकुमारी गर्बुजालाई आज हेलिकप्टरमार्फत उद्धार गरी गण्डकी अस्पताल, पोखरा पुर्याइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, स्वास्थ्यचौकी मराङमा उद्धार सम्भव नभएपछि गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि सञ्चालन गरेको निःशुल्क हवाई उद्धार सेवा प्रयोग गरिएको हो।