पूर्वराष्ट्रपति भण्डारीले पाइन प्रतिलिपी नागरिकता
काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिलिपी नागरिकता प्राप्त गरेकी छन्।
जेन–जी आन्दोलनको दोस्रो दिन, २४ भदौमा उनका निवासमा भएको तोडफोड र आगजनीमा उनका नागरिकता प्रमाणपत्र जलेको थियो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उपस्थित भण्डारीले प्रतिलिपी नागरिकताको लागि निवेदन दिएकी थिइन्। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, “उहाँको साथमा रहेको नागरिकताको प्रमाणपत्र जलेको रहेछ, हाम्रो भौतिक अभिलेख पनि नष्ट भएको थियो। निवेदन दिएपछि विभिन्न सरकारी निकायमा रहेका उहाँको नागरिकताको फोटोकपी र डिजिटल डाटा मिलाएर प्रतिलिपी नागरिकता प्रदान गरिएको हो।”