कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, १५ औँ महाधिवेशन मितिमा विवाद जारी
काठमाडौं — नेपाली कांग्रेसको १५ औँ महाधिवेशन मिति तय गर्ने विषयमा विवादका कारण पटक–पटक स्थगित हुँदै आएको केन्द्रीय कार्यसमिति बैठक आज सुरु भएको छ।
बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो। बैठकमा महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन्।
महामन्त्री गगन कुमार थापाले चुनावअघि महाधिवेशन गर्ने प्रस्ताव पेश गर्ने तयारी गरेका छन् भने संस्थापन पक्षले चुनावपछि महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गर्ने तयारी गरेको छ।
कांग्रेसको संस्थापन पक्षले वैशाख अन्तिम साता महाधिवेशन गर्ने प्रस्ताव तयार पारेको छ। असन्तुष्ट पक्षले भने विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेको छ।