राष्ट्रपति पौडेल शिखर सम्मेलनपछि स्वदेश फिर्ता
काठमाडौँ, २० कात्तिक – राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहा सम्पन्न ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर बिहीबार स्वदेश फर्किएका छन्।
राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा पुगेका थिए। सम्मेलनको मुख्य सत्रमा उनले गरिबी निवारण, पूर्ण र उत्पादक रोजगारी, मर्यादित काम र सामाजिक समावेशीकरणबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरे। त्यस्तै, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता पनि गरे।
सम्मेलनमा विश्वभरको विकास असमानता, जनसंख्यामा असन्तुलन र प्रविधिको सामाजिक प्रभाव जस्ता विषयमा छलफल गरिएको थियो। नेपाल हाल राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेको छ।