जेनजी आन्दोलनपछि बन्द रहेको चन्द्रागिरी केबलकार र भालेश्वर मन्दिर पुनः सञ्चालनमा
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई महिनादेखि बन्द रहेको चन्द्रागिरी केबलकार र भालेश्वर मन्दिर पुनः सञ्चालनमा आएका छन्।
पुनर्संरचना तथा मर्मत–सम्भार कार्य सम्पन्न भएपछि आज (शनिबार)देखि केबलकार सेवा र मन्दिर क्षेत्र सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।
केबलकार सेवा पुनः सुरु भएपछि पर्यटक र भक्तजनहरू भालेश्वर मन्दिर दर्शनका लागि चन्द्रागिरी पुग्न थालेका छन्। लामो समयदेखि बन्द रहेकै कारण सुनसान देखिएको क्षेत्र आजदेखि फेरि चहलपहलले भरिएको छ।