ओली–लेखक पक्राउ नगरेको विरोधमा प्रदर्शन, सुशीला कार्कीको राजीनामा माग
काठमाडौँ — ‘पहिला देश’ अभियानले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेको विरोधमा कार्तिक १६ गते माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेको छ।
अभियानले जेनजी आन्दोलनका मागअनुसार काम नगरेको भन्दै अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत माग गरेको छ। प्रदर्शनमा जेनजी, लघुवित्त, सहकारी र बैंक पीडित समूह सहभागी हुने जनाइएको छ।