सञ्चार मन्त्री खरेलद्वारा नयाँ सवारी लाइसेन्स छपाइ उद्घाटन
काठमाडौं, २१ कात्तिक – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको उद्घाटन गरेका छन्। समारोह शुक्रबार काभ्रेमा आयोजित भएको थियो।
सुरक्षण मुद्रण केन्द्रले छाप्ने लाइसेन्सका लागि यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।
पुरानो २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स अब सुरक्षण मुद्रण केन्द्रले छाप्ने सम्झौता भएको छ। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग र लाइसेन्स छपाइ मेशिन पूर्ण रूपमा क्षति पुगेको थियो।