रास्वपाको चुनावी अभियान: ‘सुधारः सोचदेखि शासनसम्म’
काठमाडौं, २१ कात्तिक – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि आफ्नो मुख्य चुनावी अवधारणा ‘सुधारः सोचदेखि शासनसम्म’ सार्वजनिक गरेको छ। पार्टीले संविधान परिमार्जन, भ्रष्टाचारमा शून्य सहनशीलता र मौलिक हकको कार्यान्वयनलाई प्रमुख चुनावी मुद्दा बनाउने जनाएको छ।
पार्टीको प्रतिवेदन अनुसार, नागरिक सोचदेखि राजनीतिक नेतृत्व र प्रशासनसम्म समग्र सुधार ल्याउने लक्ष्य राखिएको छ। यस अन्तर्गत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, संघीयताको पुनर्संरचना, सुधारिएको निर्वाचन प्रणाली, भ्रष्टाचार छानबिनका उच्चस्तरीय आयोग गठन र शिक्षा, स्वास्थ्य, रोजगारी तथा खानेपानीका हक सुनिश्चित गर्ने योजना समावेश छन्।
रास्वपाले देशमा विद्यमान आर्थिक-सामाजिक असमानता र राजनीतिक अस्थिरता हटाउन विषयगत विज्ञ टोली बनाएर ठोस योजना तयार गर्ने पनि प्रतिवेदनमा उल्लेख छ।