पुकार बम : “नयाँहरू एक्लै गए चुनावपछि सबै जेल जाने खतरा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय तथा वैकल्पिक शक्ति र जनेजीहरुसहितको एकताका लागि वार्ता गर्न गठित समितिका नेता पुकार बमले नयाँहरु एक्ला एक्लै जाने हो भने चुनावपछि सबै जेलमा जानुपर्ने खतरा औंल्याएका छन् ।
रास्वपामा कुलमान घिसिङलाई नेतृत्व दिएर भने पनि एउटै पार्टी बनाउने प्रयास सफल हुन नसकिरहेका बेला बमले मुद्दा,विचार र सिद्धान्त एक हुँदा हुँदै पनि एक्लै जाने हो भने चुनावपछि सबै जेलमा जानुपर्ने बताएका हुन् ।
बमले ७ बुँदे वक्तव्य जारी गर्दै एक्ला एक्लै चुनावमा गए पूरानै पार्टीका नेताहरुको सरकार बन्ने र उसको पहिलो प्राथमिकता सबैलाई खोजीखोजी जिल्ला जिल्लामा मुद्दा लगाएर जपेलमा सढाउने निश्चित रहेको बताएका हुन् ।
बमले कारागारभित्र रहेकै कारण रास्वपा सभापति रवि लामिछानेलाइ मात्र एकताको बाधक देख्ने हो भने कुलमानमाथि पनि नीति संस्थागत र आर्थिक भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरणलगायतका मुद्दा लगाइन सक्ने दावी गरेका छन् ।
उनले नयाँ दलका अध्यक्ष भएमा कुल मानमात्र होइन बालेन शाह,सुमना श्रेष्ठ,सुदन गुरुङ,सागर ढकाललगायतमाथि पनि देशद्रोह,आतंकवाद प्रोत्साहन,साम्प्रदायिक दंगा उत्प्रेरणा,आन्दोलनमा भीडलाई उक्साएको,विध्वंश मच्चाएको,आजनी तथा सार्वजनिक सम्पत्ति तोडफोडजस्ता मुद्दा दायर हुने सम्भावना समेत देखाएका छन् ।