ट्रक पल्टँदा कान्तिराजपथमा यातायात अवरुद्ध
शुक्रवार बिहान अन्दाजी पौने ५ बजे हेटौँडा काठमाडौँ कान्तिपथ सडकअन्तर्गत लेनडाँडामा ट्रक पल्टँदा आवागमनमा अवरोध पुगेको छ ।
मकवानपुरको बकैया-११ लेनडाँडास्थित कान्तिलोकपथ सडक खण्डमा बाराबाट परालको भुस लोड लिई काठमाडौँ जाँदै गरेको मधेश प्रदेश०३-००२ ख १३६५ नम्बरको मिनी ट्रक खाल्डाखुल्डीमा चिप्लिएर अनियन्त्रित भई बीच बाटोमा नै पल्टँदा बाटो पूर्णरुपमा अवरुद्ध भएको हो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ । क्रेन ल्याएर बाटोमा पल्टिएको ट्रक हटाउन पहल भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालक बारा, कोल्ह्वी–४ का ४ का २४ वर्षीय समीर तामाङ प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।