काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
काठमाडौँका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सेवा सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा अस्पताल, पशुपति मन्दिर, विमानस्थल र अन्य सार्वजनिक क्षेत्रमा सेवा विस्तार गरिएको हो।
नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेटको सहकार्यमा सञ्चालन गरिएको यो सेवाअन्तर्गत वीर, टेकु, पाटन, गङ्गालाल लगायतका अस्पतालमा ब्याण्डविथ १० एमबिपिएसबाट १५० एमबिपिएस र डाटा सीमा १०० एमबीबाट ५०० एमबी पुर्याइएको छ।
नयाँ बसपार्क, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल, त्रिभुवन विमानस्थल र यातायात कार्यालयहरूमा नयाँ जडान भएको छ। मन्त्री खरेलले उपत्यकाभित्र दुई महिनाभित्र सबै प्रमुख स्थानमा निःशुल्क वाइफाइ पुर्याउने निर्णय गरेका छन्, र अब उपत्यका बाहिरका १० सहरमा पनि विस्तारको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।