नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सुरु
काठमाडौं — नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा सुरु भएको छ।
यसअघि आजै महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सम्पन्न भएको थियो। सचिवालय बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक शुरू गरिएको बताइएको छ।