मकवानपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु
मकवानपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । गएराति मकवानपुरको हेटौँडा–९ माष्टरचोकस्थित बागमती प्रदेश ०३–००१ख २६५६ नम्बरको बसले ठक्कर दिँदा नामथर नखुलेका अन्दाजी ३२ वर्षीय पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस चालक महोत्तरीको रामगोपालपुर–६ का ३३ वर्षीय सुजय कुमार सिंहलाई नियन्त्रणमा लिएको छ ।