देउवा आज सिंगापुरबाट स्वदेश फर्किँदै
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन्। उनी बेलुकी सिंगापुरबाट नेपाल आइपुग्नेछन्, जसको पुष्टि उनका निकट एक नेताले गरेका छन्।
देउवा १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवा का साथ उपचारका लागि सिंगापुर गएको थिए। उनी दम्पती जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा घाइते भएका थिए।
२४ भदौमा भएको आक्रमणपछि देउवा दम्पती २८ असोजको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक भएका थिए। सो बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका थिए।