बयान दिन सिंहदरबार पुगे रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगमा बयान दिन सिंहदरबार पुगेका छन्।
आयोगले लामिछानेसँग जेनजी आन्दोलनका क्रममा भएका गतिविधि, सरकारी संयन्त्रको भूमिका र आन्दोलनका क्रममा उठेका विवादबारे जानकारी लिन लागेको छ। यो आयोग पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको हो।
लामिछाने हाल सहकारी बचत रकम अपचलन मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा छन्। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी जेलबाट निस्किएका थिए र केही समयपछि फेरि कारागार फर्किएका थिए।