जेनजी आन्दोलन: प्रहरी कार्यालय तोडफोड आरोपमा ८ जना प्रहरी कार्यालयमा उपस्थित
काठमाडौं — जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त जगाती तोडफोडमा संलग्न भएको आरोपमा ८ जनाले सोमबार जिल्ला प्रहरी परिसर भक्तपुरमा आफैं उपस्थित भएका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दानबहादुर कार्कीका अनुसार उपस्थित हुनेहरूमा काभ्रेको भुम्लु–३ का रामशरण परियार, बनेपा–४ का रुपक परियार, सर्लाही लालबन्दी–६ का होमबहादुर खत्री, नमोबुद्ध–१ का अमृत सुनुवार, महोत्तरी सोनाम–८ का प्रह्लादकुमार ठाकुर, भक्तपुर–८ का राजन माक, सर्लाहीका १६ वर्षीय सरोज बम्जन र नमोबुद्ध–६ का विकाश तामाङ रहेका छन्।
एआईजी कार्कीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।