भाटभटेनी सुपरमार्केट भत्काउँदा एक जनाको मृत्यु
काठमाडौं — नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार भवन मर्मत र सरसफाइको क्रममा दुई जना घाइते भएका थिए, जसमध्ये एक जनाको उद्धार पछि अस्पतालमा मृत्यु भएको हो।
सो भवन जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते आगजनी र तोडफोडका कारण क्षतिग्रस्त भएको थियो। क्षतिग्रस्त भाग भत्काउने र भग्नावशेष हटाउने क्रममा उक्त दुर्घटना भएको प्रहरी अधिकारीहरूले बताएका छन्।
प्रहरीका अनुसार मृतक र घाइतेको पहिचान र थप उपचारका लागि आवश्यक कदम चालिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।