खनालको ठट्यौली जवाफ : ‘हामी कोही वनमा छैनौं, घरमै छौं’
काठमाडौं — नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेका कार्यकर्तालाई घर फर्कन गरेको आह्वानबारे ठट्यौली जवाफ दिएका छन्।
सुकेधारामा आफू पक्षीय छुट्टै भेलामा सञ्चारकर्मीले सोध्दा खनालले भने, “हामी कोही पनि वनमा छैनौं, घरमै छौं।” उनले ओलीले घर फर्कनका लागि ढोका राम्ररी खोल्नुपर्ने र बस्ने ठाउँहरू व्यवस्थित बनाउनु पर्ने शर्त पनि अघि सारेका छन्।
खनालले एमालेमा फर्किन चार वटा शर्त अघि सारेको र त्यो पूरा भए घर फर्कन कुनै समस्या नभएको बताए। उनले माओवादी केन्द्रसँग एकता गर्ने निर्णयका कारण आफू असन्तुष्ट बनेको पनि स्मरण गराउँदै, टुक्रा भएर मात्रै कम्युनिष्ट आन्दोलनलाई व्यापक एकतामा पुर्याउन सकिने बताएका छन्।