मधेसका मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश
महोत्तरीको बर्दिबासस्थित पानस होटलबाट मधेश प्रदेशको मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता ससरोजकुमार यादवलाई सर्वोच्च अदालतते दीर्घकालीन महत्त्वका निर्णय नगर्न आदेश दिएको छ ।
सोमबार साँझ बर्खास्तीमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले त्यही बिहानै ४ बजे पानस होटलबाट यादवलाई मुख्यमन्त्री बनाएपछि सात दल विरोधमा उत्रिएका थिए ।
प्रदेश प्रमुख भण्डारीको उक्त कदमविरुद्ध सोमबार नै रकीप्रसाद यादवले हालेको रिटमा सुनुवाइका क्रममा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले यस्तो आदेश दिएको हो । ढुंगानाले आदेशमा मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्नु-नगराउनू भनेर अन्तरिम आदेश दिएको हो ।
एमाले संसदीय दल नेता यादवलाई भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनाएकी थिइन् ।
यादवलाई झिसमिसेमै होटलबाट मुख्यमन्त्री बनाएपछि मधेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका सांसदहरू विरोधमा उत्रिएका थिए । उनीहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड पनि गरे । कार्यालयमा तोडफोड भएपछि यादवले अझै पदबहाली गर्न पाएका छैनन् ।