आईसीसी विश्वकप लिग–२: नेपाल अमेरिकासँग ४ विकेटले पराजित, लगातार तेस्रो हार
१५ कात्तिक, दुबई — त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले अमेरिकासँग ४ विकेटले पराजय भोगेको छ। शनिबार दुबईमा खेलिएको खेलमा नेपालले २ सय ७२ रनको लक्ष्य पछ्याउन नसक्दा ४९ ओभरमै हार ब्यहोरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा २ सय ७१ रनमा अलआउट भयो। दीपेन्द्रसिंह ऐरिले सर्वाधिक ७५ रन बनाए। त्यस्तै करण केसीले ४९, कुशल भुर्तेलले ४७ र भीम सार्कीले ४३ रन योगदान दिए।
अमेरिकाका लागि साइतेजा मुक्कमल्ल ७५ र मिलिन्द कुमार ७० रन बनाए। सन्दीप लामिछानेले नेपालको पक्षबाट ३ विकेट लिए। अमेरिकाका हरमित सिंहले ३, सौरभ नेत्रावल्कर र नोस्टुसले समान २–२ विकेट लिए।
नेपालले आफ्नो चौथो खेल आगामी बुधबार यूएईविरुद्ध खेल्नेछ।