काठमाडौंमा हरिबोधिनी एकादशी पर्व, तुलसी–दामोदरको विवाह गरी मनाइयो
काठमाडौं । कात्तिक शुक्ल एकादशीको अवसरमा आज हरिबोधिनी एकादशी पर्व मनाइएको छ। परम्पराअनुसार यस दिन भगवान् विष्णुको प्रतीक तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा-अर्चना गरिन्छ।
हरि शयनी एकादशीदेखि हरि बोधिनी एकादशीसम्म चार महिनासम्म विष्णुका भक्तहरूले तुलसीको व्रत बस्छन् र विशेष पूजा गर्दछन्। परम्पराअनुसार यो अवधिमा विवाह व्रतबन्धजस्ता मङ्गलिक कार्य नगर्नु शुभ मानिन्छ।
आज धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने बताइएको छ। काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायणमा पनि विशेष मेला आयोजना गरिएको छ।
जनविश्वासअनुसार यहाँ पुग्न नसक्नेले काठमाडौंको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरेजस्तै पुण्य प्राप्त हुने विश्वास गरिएको छ।