बालेनले गरे ब्रह्म मन्दिरको उद्घाटन
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले ब्रह्म मन्दिरको उद्घाटन गरेका छन् ।
आज काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरीमा निर्माण गरिएको ब्रह्म मन्दिर उनले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोललगायतका स्थानीयहरूको उपस्थिति रहेको थियो ।